कृषि उपजको उत्पादन वृद्धि निर्यात व्यापारमा सरकारले निजी क्षेत्रलाई सघाएन

कृषि उपजको उत्पादन वृद्धि निर्यात व्यापारमा सरकारले निजी क्षेत्रलाई सघाएन

कृषि उपजको उत्पादन वृद्धि निर्यात व्यापारमा सरकारले निजी क्षेत्रलाई सघाएन’

बिजमाण्डू
 
२०८१ जेठ २३ गते १९:३६ | Jun 5, 2024
‘कृषि उपजको उत्पादन वृद्धि निर्यात व्यापारमा सरकारले निजी क्षेत्रलाई सघाएन’
अन्तर्क्रियाका सहभागी

विराटनगर। कृषि उपजको उत्पादन वृद्धि र निर्यात प्रवर्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग नगरेको गुनासो सरोकारवालाहरुले गरेका छन्।

Tata
GBIME

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीतिबारे महासंघका वस्तुगत संघसँग गरेको अन्तर्क्रियाका सहभागीले कृषि उपजको निर्यात व्यापारमा सरकारले नसघाएको आरोप लगाए।

पूर्व वाणिज्यसचिव पुरुषोत्तम ओझाले कृषि उपजको निर्यात रणनीतिको खाका प्रस्तुत गरेको कार्यक्रमका सहभागीले कृृषि उपजको उत्पादन तथा व्यापार प्रवर्धनको नीति तर्जुमामा सरकार कमजोर देखिएको बताए।

झापाको बिर्तामोडमा गरिएको कार्यक्रममा महासंघका कोशी उपाध्यक्ष कुमारमणि पोखरेलले कोशी प्रदेशका कृषि उपजले निर्यातमा महत्वपूर्ण योगदान पुर्‍याएपनि सरकारबाट खासै सहयोग नपाएको बताए। उनले कृषि उपजको निर्यात वृद्धि गर्न रणनीति फेर्नुपर्ने आवश्यकता औंल्याए।

चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले चिया र अलैंचीको निर्यात प्रवर्धनमा महासंघले कुनै भूमिका निर्वाह नगरेको गुनासो गरे।

चिया व्यवसायी ओमकृष्ण ज्ञवालीले अवैध आयात रोक्नुपर्नेमा जोड दिए।

चिया व्यवसायी गोपाल दाहालले विश्वबजारमा अर्गानिक चियाको राम्रो माग रहेको भए पनि प्रमाणीकरण प्रक्रियामा सरकारले निजी क्षेत्रलाई सहजीकरण नगरेको गुनासो गरे।

अलैंची व्यवसायी पार्वता खरेलले कृषि व्यापार रणनीतिले किसानका समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन्।

सूर्योदय मिल्कका सञ्चालक मनोजकुमार यादवले दुग्ध क्षेत्रको रणनीति निर्माण गर्दा उत्पादक, प्रशोधनकर्ता र उपभोक्तासँग छलफल नै नगरिएको गुनासो सुनाए।

नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अध्यक्ष गंगा खड्काले दूध र दुग्धजन्य उत्पादनको गुणस्तर बढाउन पशुपालन क्षेत्रलाई खोरेतमुक्त बनाउनुपर्ने तथा दानाको स्तरबारे अनुगमन गर्नुपर्नेमा जोड दिए।